
नारी संन्चार संवाददाता
काठमाडौं -११ साउन।
बालाजुस्थित माछापोखरीबाट महिलाको सुनको सिक्री लुटपाटमा संलग्न दुई युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेहरुमा तारकेश्वर नगरपालिका–८ जरङ्खुका २१ वर्षीय कौशल बस्नेत र २६ वर्षीय मिलन तामाङ रहेका छन्।
उनीहरुले शनिबार साँझ माछापोखरीमा एक महिलाको २ तोला २५ लालको सुनको सिक्री लुटेर भागेका थिए । प्रहरीले लुटेरा युवकहरुको खोजी गर्ने क्रममा सोही राति १२ः३२ बजे माछापोखरीबाटै उनीहरूलाई पक्राउ गरेको हो।
उनीहरूबाट लुटिएको सिक्री र दुई थान मोबाइल बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपीलराज बोहराले जानकारी दिनुु भयो ।












प्रतिक्रिया दिनुहोस