
नारी बाटिका
नारी संन्चार संवाददाता
काठमाडौँ- १२ साउन ।
देशभरमा मनसुनी वायुको प्रभावले मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा छ।
मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार हाल कोशी, मधेश, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही र लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
शोमबार दिउँसो देशभर साधारणता बदली रहनेछ भने गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेश लगायतका पहाडी भूभागका केही तथा तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
तर बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
यस्तै राति गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानमा तथा तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ भने एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।








प्रतिक्रिया दिनुहोस