आज: २०८२ श्रावण १२, सोमबार | Mon, 28, Jul, 2025

मनसुनी वायुको प्रभावले आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

२०८२ श्रावण १२, सोमबार मा प्रकाशित ( १४ घण्टा अघि) १५५१ पटक पढिएको
नारी बाटिका


नारी संन्चार संवाददाता

काठमाडौँ- १२ साउन ।

देशभरमा मनसुनी वायुको प्रभावले मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा छ।

मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार हाल कोशी, मधेश, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही र लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

शोमबार दिउँसो देशभर साधारणता बदली रहनेछ भने गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेश लगायतका पहाडी भूभागका केही तथा तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।

तर बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस्तै राति गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानमा तथा तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ भने एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस