आज: २०८२ पौष २७, आईतबार | Sun, 11, Jan, 2026

जर्मनीको राइडलिङ्गेन नजिकै यात्रुबाहक रेल दुर्घटना

२०८२ श्रावण १२, सोमबार मा प्रकाशित ( ५ महिना अघि) ५१४७ पटक पढिएको
नारी बाटिका


एजेन्सी ।

दक्षिण(पश्चिम जर्मनीको राइडलिङ्गेन नजिकै यात्रुबाहक रेल दुर्घटना हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ । साथै केही यात्रुहरु गम्भीर घाइते भएका छन्।
जर्मन प्रहरीका अनुसार रेलमा करिब १०० जना यात्रु सवार थिए। स्थानीय समय अनुसार साँझ ६ः१० बजेक समयमा जंगलको क्षेत्रमा रेलका दुई डिब्बा पटकरिएर पल्टिएको बीबीसी नेपाली समचार स्रोतले जनाएको छ ।

रेल सञ्चालक कम्पनी डोइचे बाँले दुर्घटनाको कारण अझै नखुलेको बताएको छ। तर, दुर्घटनाको केही समयअघि त्यहाँ आँधी आएको रिपोर्टहरूमा उल्लेख गरिएको छ।

दुर्घटनास्थलका तस्वीरहरूमा रेलका डिब्बाहरू उल्टिएका र रेस्क्यु टोली उद्धारको प्रयासमा जुटेका देखिन्छन्। साथै दुर्घटनास्थल वरपरका केही रुखहरू पनि ढलेका छन्, जसले उद्धार कार्यलाई अझ जटिल बनाएको बिबिसिले जनाएको छ ।

जर्मन चान्सलर फ्रेडरिक मर्जले ‘पीडितप्रति समवेदना’ व्यक्त गर्दै आन्तरिक तथा यातायात मन्त्रीसँगको समन्वयमा उद्धार कार्यमा सम्पूर्ण सहयोग पुर्‍याउन आग्रह गरेको बताइएको छ ।

रेल कम्पनी डोइचे बाँले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘सिगमारिङ्गेन र उल्म बीचको ९० किलोमिटर लामो यात्राका क्रममा रेल दुर्घटनामा पर्‍यो। यतिबेला वास्तविक अवस्था अझै पुरा खुलि सकेको छैन। पीडितहरू र उनीहरूका परिवारप्रति हाम्रो गहिरो समवेदना छ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस