आज: २०८२ श्रावण १५, बिहिबार | Thu, 31, Jul, 2025

जिल्ला प्रशासन कार्यलय धादिङद्वारा सतर्कता अपनाउन आग्रह

२०८२ श्रावण १४, बुधबार मा प्रकाशित ( १ दिन अघि) २७२९ पटक पढिएको
नारी बाटिका


नारी बाटिका संवाददाता

धादिङ् -१४ साउन ।

धादिङ् जिल्ला प्रशासन कार्यलयद्वारा त्रिशुली नदी आसपासमा बसोबास गर्ने समुदायहरुलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

गएराति अं. बजेको समयमा रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिका २ लेन्दे खोलामा मित्र राष्ट्र चिन तर्फबाट पानीको बहाव गत असार २४ गतेकै अवस्थाको तहमा बाढी आएको र उक्त बाढी आज विहान अ. ३ः५५ बजेको समयमा नुवाकोट बिदुर नगरपालिका ईलाकासम्म आईपुगेको हुदा धादिङ्ग तर्फ रहेको त्रिशुली आसपासका नागरिकहरुलाई सतर्कता गरिएको जिल्ला प्रशासन कार्यलयले जनाएको छ ।

धादिङको गल्छी गाउँपालिका  ईलाकामा हुदै बहने त्रिशुली नदी आसपास ईलाकाको मानिसहरुलाई सजकता अपनाउन सुचना दिन र उद्धार गर्नको लागि नेपाल प्रहरीको इलाका प्रहरी कार्यलय गजुरीबाट प्र.नि.सुन्दर यादवको कमाण्डमा ५६ जना विभिन्न प्र.चौकीहरू सहितको टोली र स.प्र.बलका टोलि खटिएका छन् ।

यसैगरी उद्धार कार्य कै लागी नेपाल बिपद् ब्यवस्थापन बेश आदमघाटबाट स.प्र.ना.नि. चुनचुन कुमार सिंहको कमाण्डमा ७ जनाको टोली बिपद् उद्धारको सामाग्री सहित आज विहान सवा चार बजे खटाइएको जिल्ला प्रशासन कार्यलय धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताउनु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%३%१%

प्रतिक्रिया दिनुहोस