आज: २०८२ श्रावण १६, शुक्रबार | Fri, 01, Aug, 2025

अज्ञात रोगबाट हुम्लाको काचङ्खेलीमा धमाधम पशु मर्न थाले

२०८२ श्रावण १५, बिहिबार मा प्रकाशित ( १ दिन अघि) ९९३ पटक पढिएको
नारी बाटिका


हुम्ला -१५ साउन ।

हुम्लाको चङ्खेली गाउँपालिकामा अज्ञात रोगबाट धमाधम चौपाया मर्न थालका छन् । उत्त गाउँमा एक सातादेखी अज्ञात रोग फैलिएपछी ३० भन्दा धेरै पशुहरु मरेका छन्। उक्त गाउँपालिका–६ स्थित रामालेख खडिन्याखाडा खर्कमा राखिएका पशुहरु मर्न थालेका हुन्।

यस अज्ञात रोग लागेपछी सुरुमा पशुहरुको पेट र छाती सुन्निने, दिसा गर्न नसक्ने, घाँस नखाने, र्‍याल काढ्ने जस्ता लक्षण देखिने र यस रोगले च्यापेपछी हालसम्म एक भैँसी, एक कुकुर, ६ दुहुना र अन्य नौवटा गाई तथा १४ भन्दा धेरै गोरुलगायत पशुवस्तु मरेका स्थानीयले बताएका छन् । यही साउन ८ गतेपछि फैलिएको उक्त रोगले हालसम्म त्यस क्षेत्रमा ३० भन्दा बढी पशुवस्तु मरेको बताइएको छ।

त्यस क्षेत्रका स्थानीयवासीले अधिकांश पशुवस्तु जङ्गलतिर खर्कमा राख्ने गरेको र त्यस गाउँमा अझै अन्य गाईगोरुसमेत थला परेका छन्। अज्ञात रोगको महामारीका कारण पशुहरु मर्न थालेपछि खर्क क्षेत्रको जङ्गल नै गन्हाउने भएको छ। सोही खर्कमा मात्रै नभई विभिन्न गाउँका खर्कमा १०० भन्दा बढी पशुहरु अझै बिरामी परेका स्थानीयले जनाएका छन्।

गाउँपालिकाको पशुशाखामा औषधिका लागि गए पनि त्यहाँ पशु स्वास्थ्यकर्मी नभएकाले थप समस्या भएको स्थानीयको गुनासो छ। उक्त क्षेत्रमा हिउँदका लागि पशुवस्तुलाई घाँस सङ्कलन, बर्खेबालीको संरक्षण र गर्मीमा हुने रोग छल्नका लागि पशुहरुलाई खर्कमा राखिने प्रचलन छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस