आज: २०८३ बैशाख १५, मंगलबार | Tue, 28, Apr, 2026

पहिरोले कालीगण्डकी सडक पूर्णरूपमा अवरुद्ध

२०८२ श्रावण १५, बिहिबार मा प्रकाशित ( ९ महिना अघि) ५०८५ पटक पढिएको
नारी बाटिका


नारी बाटिका  संवादाता

गुल्मी १५ साउन ।

वर्षाले गुल्मीको गरगरे र मुल्कमा खसेको पहिरोले कालीगण्डकी सडक अवरुद्ध भएको छ।

बिहीबार बिहान कालीगण्डकी गाउँपालिकाको गरगरे र मुल्कमा ठूलो चट्टानसहितको पहिरो खसेपछि उक्त सडक पूर्णरूपमा अवरुद्ध भएको हो।

सडक खुलाउन प्रहरी चौकी पुर्तीघाटबाट सुरक्षाकर्मी परिचालन गरिएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकरी गङ्गाबहादुर सारुले जानकारी दिनु भयो। पहिरो पन्छाउने प्रयास भैरहेको प्रहरीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस