आज: २०८२ आश्विन १, बुधबार | Wed, 17, Sep, 2025

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

२०८२ श्रावण १५, बिहिबार मा प्रकाशित ( १ महिना अघि) ४१८६ पटक पढिएको
नारी बाटिका


नारी बाटिका संवाददाता

काठमाडौं- १४ साउन ।

विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परी पाँचजनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका(३२ स्थित सडकमा बा. प्र.०१( ००४ ख ३२८७ नम्बरको ट्याङ्करले बा.प्र.०२ (०३३ प २५४८ नम्बरको मोटरसाइकललाई बुधबार राति ठक्कर दिँदा मोटरसाइकलमा सवार कोटेश्वर बस्ने काभ्रेपलान्चोक रोशी गाउँपालिका(३ का २५ वर्षीय नवराज तुम्सिङ मगरको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका मगरको केएमसी अस्पताल सिनामंगलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै सोही दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मोरङ, सुन्दरहरैंचा नगरपालिका(४ स्थित सडकमा को। ३८ प ९६५ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका(६ बस्ने ७० वर्षीया लिलम दाहालको मृत्यु भएको छ । बुधबार राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएकी उनको बिराट नसिङ होम विराटनगरमा उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यसैगरी गोरखा नगरपालिका(१० बिरेनचोकस्थित सडकमा लु। ६१प ४६८५ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँका ७० वर्षीय क्षेत्र बहादुर थापाको बुधबार राति मृत्यु भएको छ । गम्भीर घाइते भएका उनको सरकारी अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै सप्तरी, अग्निसाईर कृष्णसावरण गाउँपालिका(३ स्थित सडकमा स। ८ प ५९१९ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने ३० वर्षीय शत्रुधन सदाको गए राति मृत्यु भएको छ । गम्भीर घाइते उनको छिन्नमस्ता अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको हो ।

सोही दुर्घटनामा घाइते भएका अर्का १ जना साइकलयात्रीको सोही अस्पताल र मोटरसाइकल चालक र मोटरसाइकलमा सवार १ जनाको गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा उपचार भइरहेको छ ।

उदयपुर, उदयपुरगढी गाउँपालिका(७ अधेरीस्थित सडकमा प्र.१.०२(९९१ ख ९२६० नम्बरको ट्रक अनियन्त्रित भई बिहीबार बिहान दुर्घटना हुँदा चालक त्रियुगा नगरपालिका(४ बगाहा बस्ने ३५ वर्षीय जिवन विकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस