आज: २०८३ जेष्ठ २३, शनिबार | Sat, 06, Jun, 2026

गहनाले सजिने पर्व तिज नजिकिँदै गर्दा सुनको मुल्यमा भारी वुद्धि

२०८२ श्रावण १८, आईतबार मा प्रकाशित ( १0 महिना अघि) १०२६२ पटक पढिएको
नारी बाटिका


आज तोलामा ३४ सयले बढ्यो केही दिनदेखी मुल्य बढ्ने क्रम जारी

काठमाडौं १८ साउन ।

केही दिनदेखी नेपाली बजारमा सुनको मुल्य बढ्दै आईरहेको छ । आज तोलामा ३४ सयले मुल्य वृद्धि भएको हो । पछिल्लो समयमा सुनको मूल्यमा भारी वृद्धि हुंदै आएको छ।

नेपाली महिलाहरुको रमाईलो र गर गहनाले सजिने पर्व तिज नजिकिँदै आईरहेको सन्धर्वमा नेपाली बजारमा भने एकैदिनमा सुनको मूल्य तोलामा ३४ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

जस अनुसार आज छापावाल सुनको मूल्य तोलाको एक लाख ९६ हजार ५०० रुपैयाँ कायम छ। शनिबारसम्म नेपाली बजारमा छापावाल सुनको मुल्य प्रतितोला एक लाख ९३ हजार १०० रुपैयाँमा किनबेच भएको थियो।

साथै चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ बढेको छ। चाँदी प्रतितोला दुई हजार २५० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस