
नारी वाटिका संवाददाता
खोटाङ १९ साउन ।
खोटाङको हलेसी महादेव दर्शन गरी फर्किँदै गरेको गाडी आज बिहान भिरबाट खसेर दुर्घटना भएको छ।
सिराहाबाट रिजर्भ लिएर गएको उक्त विङ्गर गाडीमा १८ जना तिर्थालु सवार रहेका प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय खोटाङका हलेसी महादेवस्थान प्रहरी निरीक्षक हेमन्त राईका अनुसार गाडी भिरबाट करिब डेढसय मिटर तल खसेर दुर्घटनामा परेको हो।
अहिले सबै यात्रुलाई प्रहरीले उद्धार गरी घुर्मी अस्पताल पुर्याएको छ। घाइते मध्ये १२ जनाको अवस्था गभ्भीर रहेको निरिक्षक राईले बताउनु भएको छ। उक्त स्थानमा एम्बुलेन्स नभएकोले घाइतेलाई प्रहरीको गाडीमा हालेर अस्पताल लगिएको थियो ।
घाइतेमध्ये केहीको मृत्यु हुन सक्ने प्रहरीको अनुमान छ। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।












प्रतिक्रिया दिनुहोस