आज: २०८२ माघ ५, सोमबार | Mon, 19, Jan, 2026

अपहरण तथा शरीरबन्धक र जबरजस्ती करणीमा दुई जना पक्राउ

२०८२ श्रावण २१, बुधबार मा प्रकाशित ( ५ महिना अघि) ५६७४ पटक पढिएको
नारी बाटिका


पर्सा २१ साउन ।

अपहरण तथा शरीरबन्धक र जबरजस्ती करणीमा संलग्न रहेको अभियोगमा प्रर्सामा २ जना पक्राउ परेका छन् ।

उनीहरुलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरू वीरगंज महानगरपालिका १३ राधेमाईस्थित नेक मोटरसाईकल वर्कशपका संचालक रबहुदरमाई नगरपालिका २ सिसियारी घर भएका ४० वर्षीय नेक महमद र सोही वर्कशपमा काम गर्ने रौतहट घर भएका २१ वर्षीय अफताब अन्सारी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले वीरगंज महानगरपालिका १५ प्रतिमा चोकबाट आज दवैजना पक्राउ परेका हुन् । २०८२ वैशाख २० गते पीडितलाई उनीहरूले अपहरण गरी गणेश होटल एण्ड लजमा लगी जबरजस्ती करणी गर्नुका साथै पर्सा घडिअर्वा पोखरीको गल्लीमा गत वैशाख २३ गते बिहान छाडी फरार भएको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ ।

पक्राउ परेका दुवैजना अपहरणकारी विरुद्ध प्रहरीले शरीरबन्धक र जबरजस्ती करणी अन्तर्गतको कसूरमा जिल्ला अदालत पर्साबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस