आज: २०८३ बैशाख १५, मंगलबार | Tue, 28, Apr, 2026

देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

२०८२ श्रावण २३, शुक्रबार मा प्रकाशित ( ८ महिना अघि) ८६५० पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौं -२३ साउन ।

हाल मनसुन सक्रिय रहे पनि जलवाष्पयुक्त हावाको प्रभाव कमजोर देखिएको छ। अहिले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी स्थानमा आंशिक बदली छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर सामान्य रुपमा मौसम बदली रहनेछ । साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा तराई भूभागमा भने धेरै स्थानमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग महाशाले जनाएको छ।

लुम्बिनी, कोशी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको अनुरोध छ।

त्यसैगरी आज राति पनि देशभर सामान्य बदली रहनेछ भने कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा मध्यम तथा कोशी र बागमती प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेकोले सतर्कता अपनाउन अनुरोध गरिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस