
नारी वाटिका संवाददाता
धादिङ -२३ साउन ।
धादिङको गजुरी गाउँपालिकास्थित ६ जहरेमा माथीबाट रुखसहितको पहिरो खसेर दुबै तर्फको सडक अवरुद्ध भएको छ । गए रातिदेखीको अविरल वर्षाको कारण जहरे खेतमा माथिबाट रुखसहित आएको पहिरोले दुईतर्फी सडक अवरुद्ध भएको हो ।
उक्त स्थानमा पहिरोले यातायाता आवागमनमा अवरुद्ध भएपछी आज विहान ६ः२० बजेदेखी पहिरो खुलाउन उपकरण सहित सुरक्षाकर्मीहरू परिचालन गरिएको छ जिल्ला प्रशासन कार्यलय धादिङले जनाएको छ ।
तर जहरे खेतमा उपकरणहरू अघि नै पुगिसकेको भएतापनि पहिरो खस्ने क्रम जारी रहेकोले त्यहाँ पहिरो पन्छाउन नसकिएको सुरक्षाकर्मीको भनाई छ।
यसैगरी धादिङ जिल्ला कै थाक्रे गाउँपालिका ७ सात किलोमा पनि पहिरोको कारण सवारी साधन एकतर्फी मात्र सञ्चालनमा रहेको छ प्रशासनले जानकारी दिएको छ ।












प्रतिक्रिया दिनुहोस