आज: २०८२ मंसिर ७, आईतबार | Sun, 23, Nov, 2025

गजुरीको जहरेमा माथीबाट रुखसहितको पहिरो खस्दा सडक दुबैतर्फ अवरुद्ध

२०८२ श्रावण २३, शुक्रबार मा प्रकाशित ( ३ महिना अघि) ३७५२ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

धादिङ -२३ साउन ।

धादिङको गजुरी गाउँपालिकास्थित ६ जहरेमा माथीबाट रुखसहितको पहिरो खसेर दुबै तर्फको सडक अवरुद्ध भएको छ । गए रातिदेखीको अविरल वर्षाको कारण जहरे खेतमा माथिबाट रुखसहित आएको पहिरोले दुईतर्फी सडक अवरुद्ध भएको हो ।

उक्त स्थानमा पहिरोले यातायाता आवागमनमा अवरुद्ध भएपछी आज विहान ६ः२० बजेदेखी पहिरो खुलाउन उपकरण सहित सुरक्षाकर्मीहरू परिचालन गरिएको छ जिल्ला प्रशासन कार्यलय धादिङले जनाएको छ ।

तर जहरे खेतमा उपकरणहरू अघि नै पुगिसकेको भएतापनि पहिरो खस्ने क्रम जारी रहेकोले त्यहाँ पहिरो पन्छाउन नसकिएको सुरक्षाकर्मीको भनाई छ।

यसैगरी धादिङ जिल्ला कै थाक्रे गाउँपालिका ७ सात किलोमा पनि पहिरोको कारण सवारी साधन एकतर्फी मात्र सञ्चालनमा रहेको छ प्रशासनले जानकारी दिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस