आज: २०८२ श्रावण २८, बुधबार | Wed, 13, Aug, 2025

मृत फेला परेका बालबालिकाको गाडिएको शव प्रहरीको नियन्त्रणमा

२०८२ श्रावण २५, आईतबार मा प्रकाशित ( ३ दिन अघि) १५२० पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

खोटाङ- २५ साउन ।

खोटाङमा दुइ दिदी भाई मृत अवस्थमा भेटिएका छन् । मृत फेला परेका दिदीभाइको शबलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मृत भेटिएकाहरु दिप्रुङ चुईचुम्मा गाउँपालिका–३ छोरम्बुका एकै घरका ११ वर्षीय मेनिषा बस्नेत र ६ वर्षका मेगराज बस्नेतको शव गाडिएको अवस्थामा भेटिएको हो । अहिले प्रहरीले उक्त स्थानलाई नियन्त्रणमा लिएको छ ।

कानुनी प्रकृया पुरा नगरी शव गाडिएको भन्दै प्रहरीले चिहानलाई नियन्त्रणमा लिएको हो। साउन २२ गते बस्नेत दिदीभाई सहित ६ जना बालबालिका घरमा जानकारी नदिइ वेपत्ता भएका थिए।

त्यसपछी उनीहरु पौडी खेल्न साप्सुखोला पुगेको जानकारी पाइएपछि खोज्नेक्रममा राती १२ बजे दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडाडाउँको चेपाभिरबाट करिब एक हजार मिटर तल खरुवा खोलामा खसेर पानीमा डुबेर मृत्यु भएको अवस्थामा दिदीभाईको शव फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।

लडेर मृत्यु भएको यकिन भएको दावीसहित शवलाई साउन २३ गते घरबाट ३ किलोमिटर दक्षिणमा पर्ने लाफेटारमा गाडिएको थियो। तर प्रहरीलाई जानकारी नदिइ चुपचाप गाडिएको खबर पुगेपछि साउन २४ गते प्रहरीचौकी दिप्रुङ चुइचुम्माले सो स्थानमा पुगेर कानुनी प्रकृया अघि बढाईएको प्रहरीले जनाएको छ।

घटनाको सम्वन्धमा प्रहरीले थप अनुसन्धान र कानुनी प्रकृया पुरा गर्नका लागि इलाका प्रहरी कार्यालय खोटाङ बजारबाट प्रहरी खटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बस्नेत दिदीभाईसँगै हराएका अन्य चार बालबालिका भने सशुकल भेटिएका थिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस