आज: २०८२ श्रावण २६, सोमबार | Mon, 11, Aug, 2025

बससंग विङ्गर गाडी ठोक्कियो, ३ जनाको मृत्यु, १६ घाइते

२०८२ श्रावण २६, सोमबार मा प्रकाशित ( ८ घण्टा अघि) ११४८ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

विराटनगर -२६ साउन ।

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ जलुवाटोलमा बससंग विङ्गर ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । सोही दुर्घघनामा परी १६ जना यात्रु पनि घाइते भएका छन्।

पूर्व–पश्चिम राजमार्गमा काँकडभिट्टाबाट खोटाङको दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको बससित विपरीत दिशाबाट आउँदै गरेको प्र २–०१–००१ ज ००४७ नम्बरको विङ्गर गाडी आज विहान दुर्घटना भएको हो।

उक्त दुर्घटनामा २ जना पुरुष र १ महिला गरी तिन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकहरूको सनाखत भने हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक योगराज खतिवडाले बताउनु भयो।

घाइते भएका १६ मध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। १२ जनाको अवस्था मध्यम र १ जनाको सामान्य छ। घाइतेहरूको सुनसरीका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

थप उपचारका लागी ग्लोबल कार्डियो एण्ड न्यूरो अस्पताल, भोक्राहामा ल्याइएका १५ जना घाईतेमध्ये २ जना पुरुषको मृत्यु भएको हो। १ जनाको अवस्था गम्भीर र १२ जना मध्यम अवस्थामा रहेको अस्पतालको भनाई छ ।

त्यस्तै, जिल्ला अस्पताल इनरुवामा ल्याइएका ५ जनामध्ये १ जना महिलाको मृत्यु भएको, छ भने ३ जनालाई थप उपचारका लागि विराटनगरस्थित गोल्डेन अस्पतालमा रेफर गरिएको र १ जनाको सोही अस्पतालमा सामान्य उपचार भइरहेको बताइको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस