आज: २०८२ श्रावण २६, सोमबार | Mon, 11, Aug, 2025

सुनसरी दुर्घटना अपडेटः मृतक तीनजनाको सनाखत भयो

२०८२ श्रावण २६, सोमबार मा प्रकाशित ( ६ घण्टा अघि) ११७९ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

सुनसरी =२६ साउन ।

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ जलुवाटोलस्थित पूर्व–पश्चिम राजमार्गमा आज भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चारजना पुगेको छ । बस र माइक्रोबस ठक्कर खाई भएको दुघटनामा चार जनाले ज्यान हुन् ।

उक्त दुर्घटनामा मृत्यु हुनेमा सप्तरी महदेवा गाउँपालिका–६ का ३५ वर्षीय शङकर मण्डल, कोसी गाउँपालिका–६ का ७० वर्षीय लक्ष्मण सदा र मोरङको बिराटनगर–१० का ४० वर्षीय अशोक यादव रहेका सुनसरीका प्रहरी नायव उपरीक्षक योगराज खतिवडाले जानकारी दिनु भयो ।

दुर्घछना ग्रस्त माइक्रोबसमा १८ जना यात्रु सवार थिए । दुर्घटनामा घाइते भएकाहरुको सुनसरीको भोक्राहास्थित ग्लोबल कार्डियो एण्ड न्यूरो अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक खतिवडाले जानकारी दिए ।

दुर्घटनामा परेका अन्यको गोल्डेन अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस