आज: २०८२ फागुन ८, शुक्रबार | Fri, 20, Feb, 2026

नदीमा डुबेर बालक बेपत्ता ,गोताखोर टोलीद्वारा खोजी कार्य जारी

२०८२ श्रावण २७, मंगलबार मा प्रकाशित ( ६ महिना अघि) ७३७९ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

सिरहा- २७ साउन ।
सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका-३ स्थित परीयारपुरका शिवकुमार यादवका छोरा १४ वर्षीय घनश्याम यादव बलान नदीमा डुबेर बेपत्ता भएका छन्।

हिजो(सोमबार)बिहान नुहाउने क्रममा बालक डुबेको प्रहरीले जनाएको छ। बिहानैदेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी सहितका टोलीले तालिम प्राप्त विपद् व्यवस्थापन टोलीद्वारा खोजतलासमा परिचालन गरिएको सशस्त्र प्रहरी बल नं ७ गणका प्रमुख, सशस्त्र प्रहरी उपरीक्षक नरेश भण्डारीले बताउनु भयो ।

अविरल वर्षा भैरहेका कारण पानी धमिलो हुनुका साथै बगेर आउने बालुवाको थुप्रोले खोजीमा कठिनाइ भएको थियो । हाल वर्षाले नदीको बहाव, पानीको गहिराइ र जोखिमलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बलले प्रदेश कार्यालय बर्दिबास मार्फत गोताखोर टोलीको माग गरेको थियो। उक्त टोलीले अहिले बिहान मात्र घटनास्थलमा पुग्ने जनाइएको छ।

नदीले बालकलाई बगाएर भारतीय सीमा पार गराएको हुनसक्ने सम्भावनालाई ध्यानमा राख्दै भारतीय सुरक्षाकर्मीसँग समन्वय भैरहेको बताइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस