आज: २०८२ माघ ५, सोमबार | Mon, 19, Jan, 2026

बजार अनुगमनका क्रममा विपरित कार्य गर्ने व्यवशायीलाई२०हजारसम्म जरिवाना

२०८२ श्रावण २९, बिहिबार मा प्रकाशित ( ५ महिना अघि) ५४५७ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता
धादिङ -२९ साउन ।

जिल्ला अनुगमनको टोलिले नियमित बजार अनुगमनका क्रममा बुधबार गल्छी बजार क्षेत्रमा अनुगमन गरेको छ ।

अनुगमनका क्रममा व्यवसाय दर्ता र नविकरण गरे नगरेको, भ्याट, प्यानमा आवद्ध रहे नरहेको, सरसफाइ र तोकिएका मापदण्ड लगायतका क्षेत्रको अनुगमन गरी व्यवसाय संचालन सम्बन्धी कानूनी विषयमा सहजीकरण गरिएको हो।

बजार अनुगमन टोलीबाट धादिङ जिल्ला गल्छी गाउँपालिका अन्तर्गत गल्छी बजारमा अनुगमन गर्दा उक्त क्षेत्रमा म्याद गुज्रेका रु, ५३४०।(बरावरको सामानहरू नष्ट गरिएको छ । सोही क्रममा अनुगमन टोलिले १ होटललाई रू, २० हजार र १ खाद्य स्टोरलाई रु २० हजार जरिवानासमेत गरिएको हो।

अनुगमनमा जिल्ला स्थित सम्वद्व विभिन्न कार्यालयका प्रमुखहरु प्रतिनिधि, उपभोक्ता मञ्चका प्रतिनिधि, खाद्य तथा गुणस्तर कार्यालयका प्रतिनिधि र सञ्चारकर्मी समेतको सामुहिक उपस्थितिमा अनुगमन गरिएको जिल्ला प्रशासन कार्यलय धादिङका सुचना अधिकारीले जानकारी दिनु भयो ।

टोलिले अनुगमन गरिएका मध्ये होटल १, किरान पसल, २ खाद्य स्टोर र १ मेडिकल (औषधी )पसलको अनुगमन गरिएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस