आज: २०८२ श्रावण ३०, शुक्रबार | Fri, 15, Aug, 2025

गर्भपतन अभियोगमा मेडिकल सञ्चालकसहित चार जना पक्राउ

२०८२ श्रावण २९, बिहिबार मा प्रकाशित ( १ दिन अघि) १५८२ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

खोटाङ -२८ साउन ।

खोटाङमा औषधी सेवन गराई गर्भपतन गराएको अभियोगमा चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका तीन जना र दिक्तेल बजारमा मेडिकल व्यवसाय सञ्चालन गर्ने एक जना पक्राउ परेका हुन् ।

२१ वर्षीया एक महिलाको १७ हप्ताको गर्भपतन गर्न उसलाई सहयोग गर्ने २३ वर्षीय पुरुष र अर्की सहयोगी ३५ वर्षीया महिलालाई २३ गते र एक जना मेडिकल व्यवसायीलाई साउन २८ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी सुशान्त मिश्रले बताउनु भयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस