
नारी बाटिका
नारी वाटिका संवाददाता
काठमाडौं ३० साउन ।
मलको अभाव भैरहेका बेला साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले १५ लाख २३ हजार बोरा रासायनिक मल भारतको कोलकाता बन्दरगाहमा प्राप्त भइसकेको र उक्त मल धमाधम नेपाल ल्याउने क्रम जारी रहेको जनाएको छ।
हालै मात्र चार लाख ४० हजार बोरा युरिया र १० लाख ८३ हजार बोरा डीएपी गरी १५ लाख २३ हजार बोरा रासायनिक मल कर्पोरेसनले आयात गरेको थियो । गोदाममा आइरहेका उक्त मल कोटा वितरणका लागि प्रदेश सरकारलाई पत्राचार गरिसकेको र प्रदेश सरकारहरूद्वारा पालिकालाई कोटा वितरण भइसकेको भन्ने जानकारी पाएको कर्पोरेसनले जनाएको छ।
कर्पोरेसनद्वारा शुक्रबार एक विज्ञप्ति जारी गर्दै भनिएको छ, ‘कर्पोरेसनको मल बिक्रेताका रूपमा दर्ता भएका सम्पूर्ण डिलरहरूलाई आफ्नो पालिका तथा कर्पोरेशनको सम्बन्धित कार्यालयसँग समन्वय गरी कोटा अनुसारको मल बिक्री वितरण गर्न अनुरोध गरिन्छ।’
हाल बजारमा रासायनिक मलको अभाव भएको भनी विभिन्न सञ्चारमाध्यम एवं सामाजिक सञ्जालमा समाचार तथा पोष्ट भइरहेकामा कर्पोरेसनले विज्ञप्ति मार्फत आफ्नो ध्यानाकर्षण समेत भएको बताएको छ।








प्रतिक्रिया दिनुहोस