
नारी वाटिका संवाददाता
हेटौंडा – ३० साउन ।
मकवानपुरको भीमफेदी कारागारमा एक कैदीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा चितवनका ४३ वर्षीय कैदी विष्णुप्रसाद दुलालको मृत्यु भएको हो।
कैदी विष्णुप्रसाद दुलालको आज बिहान ५.४० बजे श्वासप्रश्वासमा समस्या देखिएपछि उपचार गरिएको भएतापनि ५.५१ बजे बाथरूममा लडेर अचेत भएका थिए ।
कैदी दुलालको हेटौंडा अस्पताल लैजाँदै गर्दा चिकित्सकले एकघण्टा पछी नै मृत घोषणा गरेका हुन्।
जर्वजस्तीकरणी मुद्दामा दोषी ठहर भई १० वर्ष कैद सजाय भोगिरहेका दुलालको मृत्युको कारण पोस्टमार्टमपछि मात्र खुल्ने बताइएको छ।












प्रतिक्रिया दिनुहोस