
काठमाडौं १ भदौ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई शनिबार ललितपुरको नख्खु कारागारमा स्थान्तरण गरिएको छ ।
सहकारी ठगी प्रकरणमा भैरहवा जेलमा सजाय भोगिरहेका लामिछानेलाई शनिबार भैरहवा विमानस्थलबाट काठमाडौँ ल्याइएको हो । उहाँलाई काठमाडौँ विमानस्थल आई पुग्नेबित्तिकै नेपाल आयल निगमको गेटबाट भित्रि बाटो हुंदै सिधै नख्खु कारागार लगिएको हो ।
चैत २५ गतेदेखि भैरहवा कारागारमा रहेका लामिछानेले जेठमै नक्खु कारागारमा सरुवाका लागि निवेदन दिनु भएको थियो । तर, उहाँलाई कारागार स्थानान्तरण नगर्दा सरकारको आलोचना समेत भएको थियो ।
बाहिर सरकारको तिब्र रुपमा आलोचना भएपछि लामिछानेलाई काठमाडौँ ल्याउन तयार भएको हो । अर्को आदेश नआएसम्म अब लामिछाने नक्खु कारागारमा रहनु हुनेछ ।












प्रतिक्रिया दिनुहोस