आज: २०८२ भाद्र २, सोमबार | Mon, 18, Aug, 2025

रविलाई नख्खु कारागार ल्याइयो

२०८२ भाद्र १, आईतबार मा प्रकाशित ( २0 घण्टा अघि) २५४३ पटक पढिएको
नारी बाटिका


काठमाडौं १ भदौ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई शनिबार ललितपुरको नख्खु कारागारमा स्थान्तरण गरिएको छ ।

सहकारी ठगी प्रकरणमा भैरहवा जेलमा सजाय भोगिरहेका लामिछानेलाई शनिबार भैरहवा विमानस्थलबाट काठमाडौँ ल्याइएको हो । उहाँलाई काठमाडौँ विमानस्थल आई पुग्नेबित्तिकै नेपाल आयल निगमको गेटबाट भित्रि बाटो हुंदै सिधै नख्खु कारागार लगिएको हो ।

चैत २५ गतेदेखि भैरहवा कारागारमा रहेका लामिछानेले जेठमै नक्खु कारागारमा सरुवाका लागि निवेदन दिनु भएको थियो । तर, उहाँलाई कारागार स्थानान्तरण नगर्दा सरकारको आलोचना समेत भएको थियो ।

बाहिर सरकारको तिब्र रुपमा आलोचना भएपछि लामिछानेलाई काठमाडौँ ल्याउन तयार भएको हो । अर्को आदेश नआएसम्म अब लामिछाने नक्खु कारागारमा रहनु हुनेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस