आज: २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026

नारायणगढ–मुग्लिन सडकमा फेरी पहिरो खसेर पुनःअवरुद्ध

२०८२ भाद्र १, आईतबार मा प्रकाशित ( ६ महिना अघि) ७०६९ पटक पढिएको
नारी बाटिका


चितवन -१ भदौ ।

नारायणगढ–मुग्लिन सडकखण्डमा पुनः पहिरो खसेर सडक अवरुद्ध बनेको छ। इच्छाकामना गाउँपालिका–५ तुइँनखोला नजिकै आज बिहान ९ः३० बजे आसपासमा पहिरो खस्दा उक्त क्षेत्र पूर्ण रुपमा सडक अवरुद्ध भएको हो।

आइतबार बिहान ४ः२० बजे खसेको पहिरो पन्छाएसँगै बिहान ८ बजेबाट सडकमा यातायात सञ्चालनमा आएको थियो। तर त्यसलगत्तै फेरी सोही स्थानमा पहिरो खसेर पुर्ण रुपमा यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिनु भयो।

साथै सो पहिरो अहिले पन्छाउने काम भइरहेको प्रहरीको भनाइ रहेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस