आज: २०८३ बैशाख २०, आईतबार | Sun, 03, May, 2026

विपिन जोशीकी आमा,बहिनीको इजरायलका राष्ट्रपतिसहित उच्च अधिकारीसँग भेट

२०८२ भाद्र २, सोमबार मा प्रकाशित ( ८ महिना अघि) ९२०८ पटक पढिएको
नारी बाटिका


तत्काल शीघ्र रिहाइको पहल गर्न अनुरोध

नारी वाटिका संवाददाता

जेरुसेलम।

विगत दुई वर्षदेखी हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको शीघ्र रिहाइका लागि आमा पदमा जोशी र बहिनी पुष्पा जोशीले इजरायलका राष्ट्रपति आइज्याक हर्जोग र संसद अध्यक्ष अमिर ओहाना सँग शिष्टाचार भेट गरेका छन् ।

सोही अवसरमा नेपालका तर्फबाट इजरायलस्थित राजदूत धनप्रसाद पण्डित पनि भेटवार्तामा सहभागी हुनुहुन्थ्यो । भेटका क्रममा वेपत्ता पारिएका विपिन जोशीकी आमा पदमा जोशीले छोरा निर्दोष विद्यार्थी भएको उल्लेख गर्दै उनको तत्काल रिहाइका लागि राष्ट्रपति हर्जोगसँग विनम्र अनुरोध गरिन् ।

त्यसैगरी विपिनका बहिनी पुष्पा जोशीले पनि आफ्ना निर्दोश दाजुको बन्धक जीवन समाप्त गरी सुरक्षित रूपमा नेपाल फर्काउन विशेष पहल गर्न आग्रह गरेकी थिईन् ।े

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस