
नारी बाटिका
नारी वाटिका संवाददाता
काठमाडौँ ५ भदौ ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने आदेश दिन माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।
वर्तमान सरकारलाई समर्थन गरेको जनता समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको एक महिना हुँदा पनि विश्वासको मत नलिएको भन्दै विश्वासको मत लिने आदेश जारी गर्न मागसहित अधिवक्ता विरेन्द्र केसीले रिट दर्ता गरेका हुन्।
सो सम्वन्धमा संविधानको धारा १०० अनुसार समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनै पर्ने व्यवस्था रहेको रिटमा उल्लेख गरिएको छ ।
प्रधानमन्त्री ओली, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सभामुख देवराज घिमिरे, संघीय संसद सचिवालय र राष्ट्रपति कार्यालय, शीतल निवासलाई पनि विपक्षी बनाएर रिट दर्ता भएको छ।
साथै अधिवक्ता विरेन्द्र केसीले हिजो नै रिट निवेदन दिएका तर आज निवेदन दर्ता भएको सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिनु भयो ।








प्रतिक्रिया दिनुहोस