
नारी बाटिका
नारी वाटिका संवाददाता
काठमाडौं -१४ भदौ ।
हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थान भन्दा दक्षिणतर्फ र पश्चिममा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर साधारणतया बदली रहेको छ।
साथै अहिले कोशी, तराई, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको
महाशाखाले जनाएको छ।
आज देशभर साधारणतया बदली रहनेछ भने पहाडी भू(भागका केही स्थान र बाँकी तराई भू(भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू(भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
शनिबार देशभर साधारणतया बदली रहनेछ। कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेश लगायत देशका बाँकी पहाडी भू(भागका केही स्थानमा तथा बाँकी भू(भागमा मध्यम वर्षाको सम्भावना छ। तर कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू(भागका एक दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेकोे छ।
कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू(भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले पछिल्लो मौसमी सूचनाको जानकारी लिनुहुन सर्वसाधारण तथा सबै निकायहरूसँग महाशाखाले अनुरोध गरेको छ ।








प्रतिक्रिया दिनुहोस