आज: २०८२ भाद्र १८, बुधबार | Wed, 03, Sep, 2025

दोलखा र गोरखा केन्द्रविन्दु भएर आज दुई स्थानमा भूकम्प गयो

२०८२ भाद्र १७, मंगलबार मा प्रकाशित ( २२ घण्टा अघि) ७१४ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता
दोलखा -१७ भदौ

दोलखाको लापिलाङ आसपास केन्द्रविन्दु भएर मंगलबार भूकम्प भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज अपराह्न ३ः१३ बजे दोलखाको लापिलाङ आसपास केन्द्रविन्दु भएर चार दशमलव एक रेक्टर स्केलको भूकम्प भएको हो ।

यसैगरी आजै बिहानै गोरखाको अजिरकोट गाउँपालिका–३ हंशपुर केन्द्रविन्दु भएर चार रेक्टर स्केलको भुकम्प भएको थियो । केही समय यता नेपालमा ससना रेक्टरस्केलको भूकम्प जाने क्रम जारी रहेकोे राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस