आज: २०८२ भाद्र २०, शुक्रबार | Fri, 05, Sep, 2025

आज यि प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

२०८२ भाद्र १९, बिहिबार मा प्रकाशित ( १ दिन अघि) १४२७ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता
काठमाडौं -१९ भदौ ।

हाल मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा दक्षिण तर्फ रहेको छ । जसको कारणले देशभर मौसम बदली भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षा हुन सक्ने भएकाले त्यस क्षेत्रमा सतर्क रहन अनुरोध गरिएको छ।

अहिले बिहानसम्म कोशी र बागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम तथा चट्याङसहितको वर्षा भैइरहेछ । यस्तै बिहिबार दिउँसो देशभर सामान्य बदली रही पहाडी र केही तराई क्षेत्रहरूमा मध्यम वर्षा र हावाहुरीको सम्भावना रहेको छ।

यसैगरी आज राति पनि पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस