
नारी वाटिका संवाददाता
काठमाडौं -१९ भदौ ।
हाल मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा दक्षिण तर्फ रहेको छ । जसको कारणले देशभर मौसम बदली भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षा हुन सक्ने भएकाले त्यस क्षेत्रमा सतर्क रहन अनुरोध गरिएको छ।
अहिले बिहानसम्म कोशी र बागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम तथा चट्याङसहितको वर्षा भैइरहेछ । यस्तै बिहिबार दिउँसो देशभर सामान्य बदली रही पहाडी र केही तराई क्षेत्रहरूमा मध्यम वर्षा र हावाहुरीको सम्भावना रहेको छ।
यसैगरी आज राति पनि पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।












प्रतिक्रिया दिनुहोस