
नारी वाटिका संवाददाता
सिन्धुली २० भदौ ।
सिन्धुलीको कमलामाई नगरपालिका–९ स्थित वीपी राजमार्गमा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।
दुर्घटनामा परी गम्भीर घाइते अर्का एक युवकको पनि उपचारका क्रममा बिहीबार मृत्यु भएको हो।
दुर्घटना भएको, मोटरसाइकलको पछाडि सवार भारत मोतिहारी घर भई हाल काठमाडौंमा बस्दै आएका १८ वर्षीय सागर उपचारका क्रममा मृत्यु भएको हो।
गत मंगलबार बर्दिबासबाट कटारीतर्फ जाँदै गरेको ग २ ख ११४१ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको बा ६० प ७३३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
मोटरसाइकल चालक काभ्रेका १८ वर्षीय सौगात माझीको सोही दिन सिन्धुली अस्पतालमा मृत्यु भएको थियो। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।












प्रतिक्रिया दिनुहोस