आज: २०८३ बैशाख ६, आईतबार | Sun, 19, Apr, 2026

हिंसात्मक घटनाको सबै जिम्मा प्रधानमन्त्रीले लिनुपर्छ : गगन थापा

२०८२ भाद्र २४, मंगलबार मा प्रकाशित ( ७ महिना अघि) ७०६९ पटक पढिएको
नारी बाटिका


बिवियु नारी वाटिका संवाददाता

काठमाडौँ २४ भदौ ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेनजीको प्रदर्शनमा भएको हिंसात्मक घटनाको सबै जिम्मा प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्ने बताउनु भएको छ।

सोमबार आफ्नो सचिवालयद्वारा विज्ञप्ति जारी गर्दै थापाले गृहमन्त्रीले राजीनामा दिएर मात्र नपुग्‍ने भन्‍दै प्रधानमन्त्री केपी शर्मा ओलीले घटनाको सबै जिम्मा लिनुपर्ने बताउनु भएको हो । ‘कुनै पनि कोणबाट सरकारको यो शैली जायज हुन सक्दैन। सरकारको असंवेदनशीलता कै कारण आज अनाहकमा धेरै युवाले ज्यान गुमाउनु परेको यो हृदय विदारक घटनाले स्तब्ध बनाएको छ’, उहाँले भन्नु भएको छ ।

नेता थापाले जेनजीले उठाएका मुद्दा आम सरोकारका विषय भएकोले मुख्य विषय सुशासन, भ्रष्टाचारको छानबिन गरी कारबाही हुनुपर्ने बताउनु भएको छ ।
‘युवाले आन्दोलनमार्फत उठाएका मुद्दा आम सरोकारका विषय हुन्। मुख्य विषय सुशासन, भ्रष्टाचारको छानबिन र संलग्नलाई कारबाही हो, ‘

उहाँको भनाइ छ भनाई छ, ‘ यसको लागि संविधान संशोधन गर्नेदेखि भ्रष्टाचार निवारण ऐन र अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता कानूनलाई आवश्यक संशोधन गरेर द्रुत गतिमा काम गर्नुपर्छ।’ २०४६ सालपछि सार्वजनिक पद धारण गरेका व्यक्तिको सम्पत्ति छानबिन गर्नुपर्ने उहाँको धारणा छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
६%

प्रतिक्रिया दिनुहोस