आज: २०८२ भाद्र २४, मंगलबार | Tue, 09, Sep, 2025

प्रधानमन्त्री ओलीले दिए पदबाट राजीनामा आयो तर स्थितिलाई नियन्त्रणभन्दा बाहिर

२०८२ भाद्र २४, मंगलबार मा प्रकाशित ( ९ घण्टा अघि) १०२४ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौँ- २४ भदौ ।

प्रधानमन्त्री केपी ओलीले वालुवाटार आगजनीपछि पदबाट राजीनामा दिनु भएको छ ।

प्रधानमन्त्री वलीको राजीनामा पत्र आन्दोलनकारीले सरकारी निवास वालुवाटारमा आगजनी गरेको घटनापछि पेश गरिएको हो। प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार ओलीले राष्ट्रपतिको कार्यालयमा सोमबार साँझ राजीनामा पेश गरेको एक उच्च स्रोतले बताएको हो ।

प्रारम्भिक जानकारी अनुसार उहाँले आफुनो राजीनामाको कारणमा भने लामो समयदेखिको सामाजिक–राजनीतिक अस्थिरता, देशभर फैलिएको हिंसा र वालुवाटारमा भएको आगजनीले सरकारी कार्य सञ्चालन असम्भव बनाएको बताईएको छ ।

वालुवाटार निवासमा भएको आगजनीमा कुनै मानवीय क्षति भएको छ कि छैन भन्ने विषयमा अनुसन्धान जारी छ। तर सुरक्षा निकायको अनियन्त्रित स्थिति र आन्दोलनकारीको दबाव बढ्दै गएपछि प्रधानमन्त्रीले पदबाट हट्ने निर्णय गर्नु परेको स्रोतले जनाएको छ।

राजीनामापछि अहिलेको स्थिति राजनीतिक अस्थिरता र नेतृत्वको खालोपनाले थप जटिल भएको छ। देशका मुख्य शहरहरूमा हिंसात्मक प्रदर्शन जारी रहेको र सरकारी संरचनामा व्यापक क्षति पुगेको छ।

आलको अवस्था एकदमै तनाव ग्रस्थ तथा अनियन्त्रित भएकोले कताबाट कुन शक्तिले स्थितिलाई नियन्त्रणमा लिन सक्छ भन्नेमा नागरिकको चिन्ता र चासो बढेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस