
नारी बाटिका
नारी वाटिका संवाददाता
काठमाडौँ -२५ भदौ ।
देशको खरबौंको सम्पत्ति ध्वस्त भएपछी नेपाली सेनाले सुरक्षाका लागि स्थिति नियन्त्रणमा लिन गएराति १० बजेदेखि सुरक्षाको कमाण्ड सम्हालेको छ।
सेनाले हालको विषम परिस्थितिको अनुचित फाइदा उठाई केही समूहरूले सर्वसाधारण नागरिक तथा सार्वजनिक सम्पत्ति समेतमा अत्यधिक क्षति पुर्याउने, लुटपाट एवं आगजनी गर्ने कार्य भइरहेको हुँदा यस किसिमका गतिविधिहरू नगर्न र नगराउन आग्रह गर्दै कमाण्ड सम्हलेको हो ।
जेनजी युवा पुस्ताको नाउँबाट केही स्वार्थ समुहको घुसपैठ भई देशमा भएको यस किसिमका गतिविधिहरू नरोकिएको खण्डमा नेपाली सेनालगायत सम्पूर्ण सुरक्षा निकायहरू आफ्नो प्रमुख जिम्मेवारी भएकोले नेपाल र नेपालीको सुरक्षाको लागि स्थिति नियन्त्रण गर्न जिम्मेवारी लिएको छ ।
गएरातिको १० बजेदेखि दृढ रहने प्रतिबद्ध जनाएको छ। उक्त निर्णयसँगै अन्य निकायसँग सेना परिचालित भइसकेको बताएको छ। सेनाले सम्पूर्ण राष्ट्रवासीलाई सहयोगको लागि अपिल समेत गर्दै तत्पश्चात, सुरक्षा स्थितिको पुनःमूल्याङ्कन गरी थप सूचना जारी गरिने विज्ञप्तिमा उल्लेख गरेको छ।








प्रतिक्रिया दिनुहोस