आज: २०८२ भाद्र २५, बुधबार | Wed, 10, Sep, 2025

जेनजी आन्दोलनको फाईदा उताउँदै राजधानीको नख्खु लगायतका कारागारबाट सयौँ कैदीबन्दी फरार

२०८२ भाद्र २५, बुधबार मा प्रकाशित ( ६ घण्टा अघि) १०२४ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौँ -२५ भदौ ।

जेनजी आन्दोलन चर्किँदा राजधानीको नख्खु लगायतका कारागारबाट सयौँ कैदीबन्दी फरार

परालमा लागेको आगाको ज्वाँला झैँ देशभर चर्किएको जेन–जी आन्दोलनको फाईदा उठाउँदै गम्भीर अपराधमा जेलभित्र रहेका राजधानीको नख्खु कारागार लगायत देशका विभिन्न कारागारबाट हजारौं कैदीहरु भाग्न सफल भएका छन् । सोमबार साँझ कास्की र तुलसीपुर कारागारमा भएको उग्र प्रदर्शनपछि करिब एक हजारभन्दा बढी कैदीबन्दी निस्किएको पुष्टि भएको हो ।

कास्की कारागार प्रशासनका अनुसार, त्यहाँ रहेका ९८१ कैदीबन्दीमध्ये ९ सयभन्दा बढी कैदीहरु निस्केका छन्। दिउँसो प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको भए पनि अघिल्लो दिन प्रधानमन्त्री केपी शर्मा वलीको कार्यशैलीले अनहाकमा दर्जनौ निर्दोष कलिला स्कुले बालबालिकाले ज्यान गुमाउनु परेको अवस्थाले साँझ परेपछि सुरक्षा निकाय पछाडि फर्किएको थियो।

त्यसै अवसरको फाईदा उठायर प्रदर्शनकारीहरूले कारागारमा प्रवेश गरी कैदीलाई बाहिर निकालेको प्रहरीले जनाएको छ। यस्तै, तुलसीपुर कारागारमा पनि बेलुकी पाँच बजेतिर ठूलो संख्यामा कैदीबन्दी बाहिरिएका छन्। कारागार प्रमुख गिरबहादुर सेजुवालका अनुसार, एक ब्लकमा रहेका १७९ कैदीमध्ये १२४ जना गेटको पर्खाल तोड्दै निस्केका हुन्। बाँकी ५५ जना भने कारागारमै बस्ने निर्णयमा अडिग रहेका थिए।

प्रदर्शनकारीको बलमा कैदीहरू भाग्न खोजेपछि सुरक्षाकर्मीले हवाई फायर गरी नियन्त्रणमा लिन खोजेपनि भीड नियन्त्रणमा आउन नसकेको कारागारले जनाएको छ । सेजुवालका अनुसार, प्रदर्शनकारीहरूले कारागार वरिपरि उत्पात मच्चाउँदै गेट भत्काएपछि कैदीबन्दीहरू सहजै निस्केका हुन्।

जेनजी प्रदर्शनकारीले कास्कीका अधिकांश सरकारी कार्यालयमा यस अघिपनि आगजनी गरिसकेका थिए। जेनजीले गरेको आन्दोलन नियन्त्रणभन्दा बाहिर जाँदा अब कारागारबाट निस्केका कैदीहरू समाजमा थप सुरक्षा चुनौती बन्न सक्ने नेपाली नागरिकमा चिन्ता बढेको छ।

सुरक्षा निकायका अनुसार, फरार कैदीहरूको खोजी कार्य सुरु गरिएको छ तर परिस्थितिलाई हेर्दा तत्कालै नियन्त्रणमा लिन कठिनाइ रहेको छ। कास्की र तुलसीपुरका घटना अन्य जिल्लाका कारागारमा पनि असर पर्ने सम्भावना सुरक्षाकर्मीहरूले औंल्याएका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस