
नारी बाटिका
देशभरका कारगारहरु तनाव ग्रस्त हुन थाले
नारी वाटिका संवाददाता
रामेछाप -२६ भदौ ।
हालैको जेन-जी युवा पुस्ताले गरेका आन्दोलनको फाईदा देशभरका जेलमा रहेका कैदीबन्दीहरुले उठाउन थालेका छन् ।
पछिल्लो समयमा जेनजी समुहले राष्ट्रका नाउमा गरेको आन्दोलनको फाईदा उठाउँदै देशभरका कारगारहरु तनाव ग्रस्त हुन थालेको छ । यस्तै आज जिल्ला कारागार रामेछापमा पनि गोली चल्दा २ जना कैदीबन्दीको मृत्यु भएको हो ।
आज विहान रामेछाप कारागारमा पनि प्रदर्शन गरी त्यहाँ रहेका कैदीबन्दीहरु भाग्न खोज्दा स्थिति तनव गस्त बन्न पुगेको अवस्था थियो । जेन जी आन्दोलनको फाईदा उठाउँदै विभिन्न कसुरमा जेलभित्र रहेका कैदीबन्दीहरुले जेलमा आगजानी गर्दै भाग्नेक्रम जारी छ ।
जिल्ला कारागार रामेछापका कैदीबन्दीले बिहीबार बिहान प्रदर्शन गरेका छन् । यद्यपि उक्त प्रदर्शनलाई नेपाली सेनाले गोली प्रहार गरेर परिस्थितिलाई नियन्त्रणमा लिएको हो ।
सेनाको गोली लागेर २ जनाको निधन भएको रामेछापका प्रमुख जिल्ला अधिकारी श्याम कृष्णा थापाले जनाकारी दिनु भयो । सोही घटनमा १२ जना घाइते भएका छन् । प्रजिअ थापाका अनुसार घाइतेको जिल्ला अस्पताल रामेछापमा उपचार भई रहेको छ ।
मृतक र घाइते सहितको थप घटनाको विवरण आउनु बाँकी








प्रतिक्रिया दिनुहोस