
नारी बाटिका
नारी वाटिका संवाददाता
काठमाडौं -२७ भदौ ।
जेनजी समुहले संविधानको रक्षा गरिने अडानसहित आयो पाँचबुँदे प्रस्ताव
देशमा भएको पछिल्लो राजनीतिक अन्योलता हटाउनका लागी जेन–जी पुस्ताले निर्णायक पहल थालेका छन् ।
राजधानीमा बिहीबार आयोजित पत्रकार सम्मेलन मार्फत जेनजीले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठनको औपचारिक प्रस्ताव गरेका हुन् । साथै उनीहरूले आफूहरू सरकारमा नजाने तर ‘वाचडग’को भूमिकामा रहेर खबरदारी गर्ने स्पष्ट सन्देश दिएका छन् ।
जेन–जीको देशव्यापी आन्दोलनले पुरा राजनीतिक सम्रचनाको परिवर्तन गर्ने सम्मको स्थितिमा पुगेको अवस्था छ । जेन–जी पुस्ताले आफ्ना पाँच मुख्य धारणा सार्वजनिक गर्दै यी धारणा हालको राजनीतिक गतिरोध तोड्न नयाँ विकल्पका रूपमा हेरिएको जनाइएकोछ ।
जेन–जीको आन्दोलनले जनताको नयाँ म्यान्डेट पाएको उल्लेख गर्दै उनीहरूले अहिलेको संविधान खारेज नगरी आन्दोलनको म्यान्डेडलाई कदर हुने गरी अघि बढ्नेमा जोड दिएका हुन् । यस्ता छन् जेन–जी पुस्ताका पाँचबुँदे धारणा
–सुशीला कार्की नेतृत्वमा अन्तरिम सरकार गठन
–संसद् विगठन र संविधान संशोधन हुनुपर्न
-राजनीतिक दलसँग कुनै सहमति नगरिने
-संवाद गर्दै अघि बढिने
-संविधान खारेज नहुने संशोधन मात्र
उक्त समूहले वर्तमान संसद् विघटन गरी संविधान खारेज नगरी आवश्यक संशोधनमार्फत जनभावनालाई सम्बोधन गर्नुपर्ने धारणा राखेको छ । ‘संविधान जनताको हो, त्यसैले जनभावना अनुसार परिमार्जन हुनुपर्छ’ –उनीहरूको भनाइ छ ।
यसैगरी जेनजीले आफूहरू सरकारमा नजाने र बाहिर वाचडगका रूपमा मात्र रहने बताएका छन् । उनीहरुले विगतका सरकारले गरेका हरेक काण्डको छानबिन गर्ने, हरेक नेताको घरको पैसा निकाल्ने र भ्रष्टाचारमा कारबाही गर्ने बताएका छन् । नेपालकै पहिलो महिला प्रधानमन्त्री बनाएर आफूहरूले इतिहास रच्न लागेको स्पष्ट पारेका हुन् ।
तर जेनजी पुस्ताले पुराना पार्टीलाई आफूहरूले निषेध नगरेको भन्दै हस्तक्षेप गरेर नेतृत्वमा आउन युवा नेताहरूलाई सुझावसमेत दिएका छन्।







प्रतिक्रिया दिनुहोस