आज: २०८३ जेष्ठ २९, शुक्रबार | Fri, 12, Jun, 2026

आजको मौसम, ६ प्रदेशमा भारी वर्षाको सम्भावना

२०८२ भाद्र २८, शनिबार मा प्रकाशित ( ९ महिना अघि) ४८३७ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौँ -२८ भदौ ।

हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास अवस्थित छ। जसको प्रभावले देशभर साधरणतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आहलेसम्म(शनिबार) बिहान कोशी र बागमती प्रदेशका पहाडका केही स्थानहरूमा साथै गण्डकी र कर्णाली प्रदेशको एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

त्यस्तै आज दिउँसो देशभर साधरणतया बदली रहनेछ । देशका पहाडी भूभागका केही तथा तराई भूभागका एक दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडको एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

साथै आज राति देशभर साधरणतया बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी पहाड र तराई भूभागका एक दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ।

कोशी र मधेश प्रदेशलगायत बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस