आज: २०८२ भाद्र २८, शनिबार | Sat, 13, Sep, 2025

विभिन्न कारागारबाट भागेका मध्ये ४७ जना कैदीबन्दीहरु धादिङबाट पक्राउ

२०८२ भाद्र २८, शनिबार मा प्रकाशित ( ५ घण्टा अघि) ७१४ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

धादिङ -२८ भदौ ।

जेन–जी समुहले गरेको आन्दोलनको फाईदा उठाउँदै राजधानी काठमाडौ लगायत देशका विभिन्न जिल्ला कारागार तथा नख्खु कारागारबाट भागेका ४७ जना कैदी बन्दीहरुलाई नेपाली सेना र धादिङ प्रहरीले नियन्त्रणमा लिइएको छ ।

सोही आन्दोलनको मौका छोपेर कारागारबाट भागेका मध्ये विहिबार ३ जना महिलासहित ४७ जनालाई नेपाली सेना र धादिङ प्रहरीले नियन्त्रणमा लिएर नुवाकोट पठाइएको धादिङका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले जानकारी दिनु भयो ।

पृथ्वीराजमार्गस्थित विभिन्न स्थानहरुमा नेपाली सेनाले बुधबारदेखि चेकजाँच गरिरहेको बताएको छ । यसरी चेकजाँच गर्नेक्रममा बुधबार तीन जनालाई धादिङकै गल्छी बैरेनीबाट नियन्त्रणमा लिएको हो । प्रमुख जिल्ला अधिकारी सुवेदीका अनुसार नियन्त्रणमा लिएका हरुमध्य कारागार कार्यालय जगन्नाथदेवलका २९ जना, कारागार कार्यालय नख्खुका १३ जना, कारागार कार्यालय भीमफेदीका ४ जना र कारागार कार्यालय तनहुँका १ जनालाई पक्राउ गरिएको हो ।

पक्राउ परेका ३ जना महिला नै कारागार कार्यालय जगन्नाथदेवलबाट फरार भएका थिए ।चेकजाँचको क्रममा सोधिखोजी गर्दा कैदीबन्दीहरुको पहिचान गर्ने गरिएको धादिङको गजुरीस्थित भैरवनाथ गणका कर्णेल अशिम श्रेष्ठले जानकारी दिनु भयो ।

नेपाली सेनाले साना तथा ठुला जुनसुकै सवारी प्रयोग गर्ने र पैदल हिडेर आउजाउ गर्नेहरुलाई समेत चेकजाँच गरिरहेको जनाएको छ । केहिलाई गोप्य सुचनाको आधारमा नियन्त्रणमा लिइएको कर्णेल श्रेष्ठले बताउनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस