
नारी बाटिका
नारी वाटिका संवाददाता
धादिङ -२९ भदौ
धादिङको निलकण्ठ नगरपालिका–८ मुरली भञ्ज्याङमा स्कारपियो संग मोटरसाइकल ठोक्किँदा दुई जना घाइते भएका छन् भने एकजनाको अवस्था नम्भीर रहेको छ ।
आज बिहान करिब १०ः४० बजेको समयमा धादिङबेसीबाट सल्यानटारतर्फ जाँदै गरेको ४०६३ नम्बरको स्कारपियो र विपरीत दिशाबाट आउँदै गरेको बा ३२ प ८००८ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटनामा परेको हो।
दुर्घटनामा परी निलकण्ठ नगरपालिका –९ निगालपानीका ३९ वर्षीय राकेश खाती (मोटरसाइकल चालक) र ३५ वर्षीय कुमार बराइली सोही मोटरसाइकलको(पछाडि सवार) दुबै घाइते भएका छन् ।
घाइते खातीको छातीमा गम्भीर चोट लागेको र उनको अवस्था गम्भीर भएकाले जिल्ला अस्पताल धादिङमा सामान्य उपचारपछि हेलिकप्टर मार्फत काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक एव् प्रहरी प्रवत्ता सुवास हमालले जानकारी दिनु भयो ।
साथै घाइते बराइलीको धादिङ अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । स्कारपियो चालक काठमाडौं मुलपानीका ४८ वर्षीय राजेन्द्र फुयाल र दुबै सवारीसाधनलाई नियन्त्रणमा लिएको जनाएको छ ।








प्रतिक्रिया दिनुहोस