आज: २०८२ भाद्र ३०, सोमबार | Mon, 15, Sep, 2025

जेनजी आन्दोलनको प्रभावले नागरिकमा अपेक्षाको साथमा डर त्रास पनि उत्ति कै

२०८२ भाद्र ३०, सोमबार मा प्रकाशित ( ३ घण्टा अघि) १०२४ पटक पढिएको
नारी बाटिका


बिबियु, नारी वाटिका संवाददाता

काठमाडौं – ३० भदौ ।

दशैँको लागी विगतदेखी सर्व सुलभमा उपलव्ध गराउँदै आएकोमा यस वर्ष भने सरकारले खसीबोका र च्यांग्रा नल्याउने भएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिडेटले खसीबोका र च्यांग्रा ल्याउने तयारी थालेपनि जेनजी आन्दोलनका कारण नल्याउने भएको हो।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिडेटले यस वर्षको दशैंमा सर्वसाधारणलाई सहुलियत मूल्यमा दुई हजार खसीबोका र च्यांग्रा बिक्री गर्ने निर्णय गरिसकेको थियो। सो का लागी सरकारले तुलसीपुर, मकवानपुर, नवलपुर र मुस्ताङबाट खसीबोका र च्यांग्रा ल्याउने तयारी गरेको थियो। यद्यपि यस्तै,यस वर्षमा भने नल्याईने जनाएको छ ।

भदौँ २३ गते र २४ मा देशमा भ्रष्टाचारविरुद्ध जेनजीको आन्दोलन भयो। आन्दोलन झनै चर्किएपछि चार दिनसम्म देशभर नै निषेधाज्ञा र कर्फ्यु लागु भयो। सोही कारण दशैँको लागि सम्बन्धित ठाउँबाट खसीबोका र च्यांग्रा ल्याउन नपाएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी खरिद विभाग प्रमुख अनन्तराज पौडेलले जानकारी दिए।

पौडेलका अनुसार गाउँमा खसीबोका र च्यांग्रा संकलन कार्य नै हुन सकेन। खसीबोका,च्यांग्रा ल्याउन गाउँमा कलेक्सन गर्नै पाइएन,स्थानीय तहसँग समन्वय गर्न पनि पाएनौँ ,किन भने कतिपय स्थानीय संरचना नै आन्दोलनमा जलेका छन्,त्यसैले समय नभएकाले यो वर्ष ल्याउन नसक्ने भयौँ। ’

साथै अब ल्याएर पनि यहाँ व्यवस्थापन गर्न समस्या हुने देखिएकोले नल्याईने भएको हो । ‘गाउँगाउँबाट संकलन गरेर यहाँ ल्याएर मात्र भएन,’ यद्धपी यो अन्यौलताबीच प्रयास भने गरिने खाद्य व्यवस्था तथा व्यापार कम्पनी खरिद विभागले जनाएको छ ।

योजना गरिएको समयमा जेनजी आन्दोलन उग्र बनेपछि ठूलो मानवीय क्षतिसँगै अधिकांश सरकारी भवन र व्यक्तिगत लगानीका भवन,होटल,सुपर मार्केटमा क्षति पुगेको छ। ठूलो सत्ता साझेदारीकै सरकार ढलेपछि यतिखेर प्रथम महिला प्रधानमन्त्री शुशिला कार्की नेतृत्वको सरकार बनि सकेको अवस्था छ।

तरपनि म सुरक्षित छु भनेर जनमासमा ढुक्क भने हुन सकेको अवस्था छैन । किनकी सोच्दै नसोचेको मुलुकमा पहिलो पटक त्यस कहाली लाग्दो घटनाले नागरिकमा त्रास र डर सिर्जना भैइरहेको छ ।

किनकी उक्त समयमा दुई दिनमै परालको आगोमा सल्किएको आगो सरी राज्यको खरबौंको सम्पत्ति सखाप भएको छ भने व्यक्तिगत नेता लगायतका अरबौंको सम्पत्ति पनि नास भएको छ भने यससंगै उक्त घटनाल दर्जर्ना व्यक्तिको ज्यानसमेत गएको थियो । यो डरलाग्दो र त्रासपुर्ण अवस्थामा नागरिकमा सुरक्षित वातावरणको महसुश गराउन अबको सरकारको कस्तो भुमिका रहन्छ थ्यो भने नयाँ गठित अनतरिम सरकारको कार्यशैलीमा भर पर्ने समाजका वौद्धिक वर्गको भनाई रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस