
नारी बाटिका
समाचार एजेन्सी ।
भारतको हिमाञ्चल प्रदेशको राजधानी सिमलामा सोमबार भएको गाडी दुर्घटनामा परी ४ नेपालीसहित एकै परिवारका ३ जनाको मृत्यु भएको छ ।
उक्त दुर्घटनामा परी मुत्यु हुनेमा सल्यानको कुमाख गाउँपालिका–४ का ५० वर्षीय डिल्लीबहादुर शाही, उनका आफन्त एकेन्द्र शाही,३६ बुहारी लक्ष्मी मल्ल शाही र राजेश विष्ट रहेका छन् । हिमाञ्चल प्रदेशको कोटखाई नजिक कुड्डु नाला क्षेत्रमा गाडी दुर्घटना भएको हो।
सोही दुर्घटनामा सोही पालिकाका नवराज शाही र हिमबहादुर शाही घाइते भएका छन्। दुवै जना गाडीको पछाडितर्फ बसिरहेका कारण फाल हानेर ज्यान जोगाउन सफल भएको समाचार माध्यले जनाएको छ । मृतक लक्ष्मी नवराजकी पत्नी हुन् भने एकेन्द्र डिल्लीबहादुरका जेठा दाइका छोरा हो ।
यस दुर्घटनामा गाडी चालक भारतीय नागरिक जोगिन्दर सिंहको पनि मृत्यु भएको छ। घाइतेहरूको स्थानीय सरकारी अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनामा ज्यान गुमाउने सबैको पोष्टमार्टमपछि शव नेपाल ल्याउने तयारी भइरहेको बताइएको छ ।







प्रतिक्रिया दिनुहोस