आज: २०८२ आश्विन १, बुधबार | Wed, 17, Sep, 2025

धादिङमा एक बलात्कृत महिलाको उपचारको क्रममा मृत्यु

२०८२ आश्विन १, बुधबार मा प्रकाशित ( ३ घण्टा अघि) २१४० पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

धादिङ -१ असोज ।

धादिङको नीलकण्ठ नगरपालिकामा एक बलात्कृत महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।

गत भदौ २५ गते बलात्कारमा परेकी अपाङ्गता भएकी २९ वर्षीया महिलाको बुधवार बिहान मृत्यु भएको हो । मानसिक रुपमा अपाङ्गता भएकी पिडित महिलालाई घरमा कोही नभएको मौका पारी नीलकण्ठ नगरपालिका–१० का ३१ वर्षीया खिलबहादुर मानन्धरले २५ गतेका दिन बलात्कार गरेका थिए ।

घटना २५ गते घटेको भएतापनि पीडितका आफन्तले भदौ २६ मा मात्रै जिल्ला प्रहरी कार्यालय धादिङमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं् प्रहरी नायव उपरिक्षक सुवास हमालले बताउनु भयो।

त्यसपछी पीडित महिलाको धादिङ अस्पतालमा उपचारको क्रममा आज मृत्यु भएको हो । उनलाई रक्तअल्पता भएको अवस्थामा सिकिस्त बिरामी परेपछी धादिङ अस्पतालमा भदौ ३१ गते उपचारका लागि भर्ना भएकी पिडितको अस्पतालमा रगत समेत चढाएर उपचार कै क्रममा मृत्यु भएको धादिङ अस्पतालले जनाएको छ ।

ति महिलालाई बलात्कार गर्ने मानन्धर भने घटनापछी फरार  भएका छन् । उक्त घटनापछि आरोपितलाई पक्राउ गर्न स्थानीयले आग्रह गरेको भएतपनि आरोपित फरार रहेकाले उनको खोजी भैरहेको प्रहरीले जनाएको छ । शवको बुधवार धादिङ अस्पतालमा पोस्टमार्टम भएको अस्पताल स्रोतले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
६%

प्रतिक्रिया दिनुहोस