आज: २०८३ जेष्ठ २०, बुधबार | Wed, 03, Jun, 2026

वाणिज्य बैंकबाट १८ किलो सुन र ५ करोड नगद लुटिएको खुलासा

२०८२ आश्विन १, बुधबार मा प्रकाशित ( ८ महिना अघि) ४४६५ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौँ- १ असोज ।

भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनमा राष्ट्रिय वाणिज्य बैंकबाट ५ करोड नगद र १८ किलो सुन लुटपाट भएको गभर्नर विश्व पौडेलले बताएका छन्।
उक्त आन्दोलन कै मौका छोपेर वाणिज्य बैंकको नयाँ बानेश्वर शाखाबाट नगद र सुन लुटपाट भएको उहाँले बताउनु भयो ।

नयाँ बानेश्वर संसद् भवनभित्र रहेको राष्ट्रिय वाणिज्य बैंकको शाखाबाट ३ हजार ७३८ करोड बराबरको नगद र सुन लुटिएको नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले बताउनु भएको हो।उहाँले सिसी टिभी हेरेर अनुसन्धान भइरहेको पनि बताउनु भयो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस