आज: २०८२ आश्विन २, बिहिबार | Thu, 18, Sep, 2025

कास्की कारागारबाट भागेका कैदी मध्ये तीन सय ४८ जना फर्किए

२०८२ आश्विन २, बिहिबार मा प्रकाशित ( २ घण्टा अघि) १०८६ पटक पढिएको
नारी बाटिका


कास्की २ असोज ।

‘जेनजी’ आन्दोलनका क्रममा कास्की कारागारबाट भागेका सात सय ७३ कैदीबन्दीहरुमध्ये बुधबारसम्म तीन सय ४८ जना कैदीहरु कारागार फर्किएका छन्। सोही कारागारबाट भागेका बाँकी चार सय २५ जना कैदीबन्दी अझै फरार रहेको कारागार प्रशासनले जनाएको छ ।

कतिपय कैदीबन्दी आफै कारागार फर्किएको र केहीलाई भाग्ने क्रममा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले बताउनु भयो । भागेका कैदीबन्दीलाई कारागार फर्काउन प्रहरी सक्रिय रुपमा लागेको छ।

गत भदौ २४ गते राति प्रदर्शनकारीले कारागार तोडेर ३५ महिलासहित सात सय ७३ कैदीबन्दीलाई भगाएका हुन्। जिल्ला प्रहरी कार्यालयको हिरासतबाट भागेका थुनुवालाई पनि खोजी गरी नियन्त्रणमा लिने काम भइरहेको सूचना अधिकारी बस्नेतको भनाई छ।

कारागार कार्यालयका सूचना अधिकारी महेन्द्रबहादुर कुँवरले कैदीबन्दी फर्कने क्रम जारी रहेको बताएका छन्। साथै त्यसै आन्दोलनको मौका छोपेर देशभरका कारागारबाट भागेका कैदीहरु हाल टोलछिमेक र समुदायमा कसैले भागेर गएका कैदीबन्दी र थुनुवा देखेमा कारागार कार्यालय र प्रहरीमा खबर गर्न नेपाल प्रहरीले अनुरोध गरेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस