आज: २०८२ आश्विन २, बिहिबार | Thu, 18, Sep, 2025

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

२०८२ आश्विन २, बिहिबार मा प्रकाशित ( ३ घण्टा अघि) १०२४ पटक पढिएको
नारी बाटिका


काठमाडौं २ असोज ।

काठमाडौंको बनस्थली चोकमा आज भएको बाग्मती प्रदेश ०१(००६ ख ७५४३ नम्बरको बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा संखुवासभा घर भई महानगरपालिका-१६ बालाजु बस्ने ६८ वर्षीय जश बहादुर मगरको बिहीबार बिहान घटनास्थलमै मृत्यु भएको हो । हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।

पर्सा, जगरनाथपुर गाउँपालिका(६ औराहास्थित सडकमा वीरगंजबाट पटेर्वासुगौलीतर्फ जाँदै गरेको बा।६३ प ३१८८ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी सोही ठाउँ बस्ने ४५ वर्षीया लालपरी देवीको मृत्यु भएको हो ।

मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस