आज: २०८३ बैशाख २०, आईतबार | Sun, 03, May, 2026

जेन–जी आन्दोलनमा जिउँदै जलाएकी रविलक्ष्मी चित्रकारको हात काटियो

२०८२ आश्विन २, बिहिबार मा प्रकाशित ( ७ महिना अघि) ५६१२ पटक पढिएको
नारी बाटिका


काठमाडौँ २ असोज ।

नेकपा एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालकी श्रीमती रविलक्ष्मी चित्रकारको बाँया हात काटिएको छ।

भदौ २४ गतेको जेन–जी आन्दोलनका क्रममा घरमै आक्रमण गरी उहाँमाथी जिउँदै आगो लगाइएको थियो। त्यसपछि उहाँको मृत्यु भएको थुप्रै समचारहरु बाहिर आएपनि उहाँ अस्पतालमा उपचारार्थ हुनु भएको थियो ।

उहाँको किर्तिपुरस्थित वन अस्पतालमा उपचारका क्रममा हातमा गम्भीर संक्रमण देखिएकाले चिकित्सकहरूले उहाँको बाँया हात काट्न बाध्य भएको नेता खनालले जानकारी दिनु भएको छ ।

नेता खनाल पनि हाल अस्पतालमै रहेको र श्रीमती चित्रकारको स्वास्थ्यमा अवस्था क्रमशः सुधारोन्मुख रहेको बताउनु भयो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस