
काठमाडौँ -४ असोज ।
रातभर अवरुद्ध भएको मुग्लिन(नारायणगढ सडक खुलाउने प्रयास भैइरहेको छ । तुइन खोला नजिकै पहिरो खसेपछि मुग्लिन(नारायणघाट सडक १२ घण्टादेखी अवरुद्ध बनेको हो ।
बुधबार बिहान तुइन खोला छेउमै पसहरो खसेको थियो भने सो पहिरो मन्छाएपनि सुक्रबार साँझ ७ बजेतिर फेरी सोही स्थानमा पहिरो खसेपछि उक्त सडक खण्ड दुईतर्फी अवरुद्ध बनेको हो ।
मेशिन र प्राविधिकको टोली परिचालन भइसकेकाले पहिरो हटाउन समय धेरै नलाग्ने सडक डिभिजन कार्यालय भरतपुरले जनाएता पनि रातभर काम हुन नसकेकोले अहिले उज्यालो भएपछी तिब्र रुपमा काम गरिने बताइएको छ ।
तुइन खोला आसपासमा दैनिक जसो पहिरो खस्दा उक्त सडक खण्ड पटक(पटक अवरुद्ध हुँदै आएको छ भने दैनिक रुमपा सोही सडक हुदै गुड्ने सवारी साधनहरुलाई जोखिम पनि बढेको छ ।












प्रतिक्रिया दिनुहोस