आज: २०८३ श्रावण २९, शुक्रबार | Fri, 14, Aug, 2026

जेनजी आन्दोलनको मौका छोपेर भागेका ८ हजार ८१६ जना कैदीहरु अझै फरार

२०८२ आश्विन ४, शनिबार मा प्रकाशित ( १0 महिना अघि) ८६८१ पटक पढिएको
नारी बाटिका


काठमाडौँ ४ असोज ।

देशमा भष्ट्रचार र अनियमिताले जरो गाडेको भन्दै भदौ २३ र २४ को जेन जी युवा पुस्ताले गरेका आन्दोलनको मौका छोपेर देशभरका कारागार भागेका कैदीबन्दी हरुमध्ये अझै ८ हजार ८१६ जना फरार छन्।

केन्द्रीय कारागार व्यवस्थापन विभागका अनुसार कुल २७ वटा कारागार र नौ वटा बालसुधारगृहबाट भागेका १४ हजार ५५० जनाहरु कैदीबन्दी फरार भएका थिए।नेपाल प्रहरीले यसरी कारागारबाट भागेका कैदीहरु मध्य हालसम्म ५ हजार ४९५ जना र २४४ जना बालसुधारगृहका कैदीबन्दी हरुलाई नियन्त्रणमा लिएको छ ।

साथै भागेका मध्य ८ हजार ८१६ जना कैदीबन्दीहरुको तिब्र रुपमा खोजी कार्य भइरहेको विभागले जनाएको छ। यससँगै सोही समयमा देशका विभिन्न हिरासतबाट भागेका अभियुक्तहरूको पनि नेपाल प्रहरीले खोजी गरिरहेको जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस