आज: २०८२ आश्विन ४, शनिबार | Sat, 20, Sep, 2025

दशैंअघि मुख्य राजमार्गहरू अवरुद्ध, हजारौं यात्रु अलपत्र

२०८२ आश्विन ४, शनिबार मा प्रकाशित ( ३ घण्टा अघि) ९९३ पटक पढिएको
नारी बाटिका


बिबियु ,नारी वाटिका संवाददाता

धादिङ -४ असोज ।

नेपालीको ठुलो चाड दशैंको लागी यात्रुहरु आफ्नो घर तर्फ जाने तयारी भैरहेको बेला देशका विभिन्न प्रमुख राजमार्ग अवरुद्ध हुँदा यात्रुहरू अलपत्र परेका छन् ।

हालको समयमा अविरल वर्षाका कारण कोशी राजमार्ग, सिद्धिचरण लोकमार्ग, गल्छि–त्रिशूली सडक, अरनिको राजमार्ग, नारायणगढ–मुग्लिन सडकखण्ड, कालीगण्डकी करिडोर, पूर्व–पश्चिम राजमार्ग, रत्न राजमार्ग र मध्यपहाडी लोकमार्गका विभिन्न क्षेत्रमा पहिरोले सडक अवरोध भएको हो ।

दशैंको पूर्वसन्ध्यामा राजमार्ग अवरुद्ध हुंदा हजारौं यात्रु तथा सर्वसाधारण मर्कामा परेका छन् । सिंहदरबारमा भौतिक, पूर्वाधार तथा यातायात मन्त्रीसमेत रहेका कुलमान घिसिङको नेतृत्वमा आकस्मिक बैठक बसेर सडक खुलाउनेबारे छलफल भइरहेको छ ।

सडक विभाग, गृह मन्त्रालय, यातायात व्यवसायी महासंघ, मजदुर र सुरक्षा निकायका प्रतिनिधिहरूले सडकको पछिल्लो अवस्थाबारे जानकारी गराएका थिए । नारायणगढ–मुग्लिन सडकखण्ड शुक्रबार रातिदेखि अवरुद्ध रहँदा हजारौं यात्रुहरू अलपत्र परेका छन् ।

रातभर अवरुद्ध भएको मुग्लिन -नारायणगढ सडक खुलाउने प्रयास भैइरहेको छ । तुइन खोला नजिकै पहिरो खसेपछि ​मुग्लिन नारायणघाट सडक सुक्रबार वेलुकीदेखी सडक अवरुद्ध बनेको हो ।

नारायणगढ–मुग्लिन सडकखण्डमा पर्ने तुइन खोला नजिकै पहिरो झर्ने क्रम नरोकिँदा सडक खुलाउन कठिनाइ भएको अधिकारीहरूले बताएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस