
नारी वाटिका संवाददाता
काभ्रे- ५ असोज ।
नक्खु कारागारबाट भागेका कैदीले आज आफ्नै श्रीमतीको हत्या गरेका छन्।
काभ्रेको पनौती नगरपालिका(१२ गागलका सन्तबहादुर तामाङले आफ्नै श्रीमती ३० वर्षीय मनिषा घ्यावा तामाङको हत्या गरेको प्रहरीले जनाएको छ ।
जेन्जी आन्दोलनको मौका छोपेर नक्खु कारागारबाट भागेका सन्तबहादुरले श्रीमतीको हत्या गरेका हुन् । उनी जवरजस्ती करणीमा जेल परेका थिए ।
अहिले इलाका प्रहरी कार्यालय बनेपाको टोली घटनास्थल तर्फ जाँदै गरेको र थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस