आज: २०८२ आश्विन ५, आईतबार | Sun, 21, Sep, 2025

नख्खु कारागारबाट भागेका कैदीले गरे आफ्नो श्रीमतीको हत्या

२०८२ आश्विन ५, आईतबार मा प्रकाशित ( ३ घण्टा अघि) १४८९ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काभ्रे- ५ असोज ।

नक्खु कारागारबाट भागेका कैदीले आज आफ्नै श्रीमतीको हत्या गरेका छन्।

काभ्रेको पनौती नगरपालिका(१२ गागलका सन्तबहादुर तामाङले आफ्नै श्रीमती ३० वर्षीय मनिषा घ्यावा तामाङको हत्या गरेको प्रहरीले जनाएको छ ।

जेन्जी आन्दोलनको मौका छोपेर नक्खु कारागारबाट भागेका सन्तबहादुरले श्रीमतीको हत्या गरेका हुन् । उनी जवरजस्ती करणीमा जेल परेका थिए ।

अहिले इलाका प्रहरी कार्यालय बनेपाको टोली घटनास्थल तर्फ जाँदै गरेको र थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस