आज: २०८२ आश्विन ६, सोमबार | Mon, 22, Sep, 2025

दुई हजारभन्दा बढी गोलीका खोकासहित स्थानीयले दुईजना चोर समाते

२०८२ आश्विन ६, सोमबार मा प्रकाशित ( ३ घण्टा अघि) १०२४ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता
नेपालगञ्ज -६ असोज ।

नेपालगञ्जमा दुई हजारभन्दा बढी गोलीका खोकासहित दुईजना चोरलाई स्थानीय बासिन्दाले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका छन्।

नेपालगञ्ज उपहानगरपालिका–३ एकलैनीमा सुत्रबार चोरी गर्न आएका पाँचजनाको समूहले विद्युत् पोलको लाइटमा ढुङ्गा हानेर फोड्न लाग्दा स्थानीयले उनीहरूलाई घेराउ गरी नियन्त्रणमा लिएका हुन् ।

सुरुमा चोचहरुलाई नियन्त्रणमा लिन खोज्दा सुरुमा एकजना पक्राउ परेको र अन्य चारहरु भने भागेका थिए। स्थानीयले समातेका एकजनालाई पक्राउ गरी सोधपुछ गर्ने क्रममा अर्का बोरा बोकेका व्यक्तिको अवस्था बुझ्न आएको बताएतापनि उनलाई पनि पक्रेर प्रहरीलाई बुझाइएको थियो। ती व्यक्तिले बोकेको बोरामा भने दुई हजार ९६ थान गोलीका खोका र केही औजार भेटिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकामध्ये एकजना बर्दिया र अर्को भारत बाबागञ्जका रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक पातलीले स्थानीयले नियन्त्रणमा लिएर बुझाएका चोर र उनीहरूबाट बरामद भएका गोलीका खोकाबारे अनुसन्धान भइरहेको बताए। नेपालगञ्ज एरियामा स्थानीयले टोलमा रातभर नियमित गस्ती गर्दै आएका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस