आज: २०८२ आश्विन ७, मंगलबार | Tue, 23, Sep, 2025

जवाङ खोलामा सुक्खा पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

२०८२ आश्विन ७, मंगलबार मा प्रकाशित ( ३ घण्टा अघि) ११७९ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

धादिङ ७ असोज ।

सुक्खा पहिरो खसेकोले पृथ्वी राजमार्ग अवरुद्ध भएको छ।

धादिङको बेनीघाट रोराङ गाउँपालिका( १० जवाङ खोलामा पहिरो खसेपछि सडक दुईतर्फी नै अवरुद्ध भएको हो।

उक्त क्षेत्रमा गएराति पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालनमा आएको थियो। तर गएराति नै फेरि ठूलो मात्रामा सुख्खा पहिरो झरेपछि सडक दुईतर्फी नै बन्द भएको हो ।

जिल्ला प्रहरी कार्यालय धादिङका सुचना अधिकारी सुवास हमालका अनुसार पहिरो झर्ने क्रम निरन्तर रहेकाले पहिरो पन्छाउन समस्या भएको छ। सोही कारण गए रातिदेखि नै पृथ्वी राजमार्ग अवरुद्ध हुंदा यात्रुहरु बाटोमै अलपत्र परेका छन्।

यसअघि गत शुक्रबार पनि मुग्लिन(नारायणगढ सडक खण्डको तुइन खोलामा खसेको पहिरो पन्छाएर ४० घण्टापछि सडक संन्चालनमा आएको थियो। नेपालीको खुख्य चाड दशैं सुरु भइरहेको अवस्थामा काठमाडौं उपत्यकाबाट बाहिरिने मुख्य सडकमा निरन्तर पहिरो झर्ने क्रम जारी रहँदा दशैँ मनाउन गाउँ फर्किने हजारौं यात्रुहरू मारमा परेका छन्।

पहिरो खस्नुअघि धादिङको बेनीघाटबाट कटिसकेका सवारी साधनदलाई भने मुग्लिन नारायणगढ सडकखण्ड अवरोध नभएको चितवनका प्रहरी निरीक्षक डीएसपी रवीन्द्र खनालले बताउनु भएको छ । छिटपुट रूपमा ढुंगा खस्ने क्रम जारी रहे पनि सुरक्षाकर्मी परिचालन गरी सवारी आवगमन सहज बनाइरहेको चितवन प्रहरीको भनाई छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस